काठमाडौं । डा. गोविन्द केसीले पुनः सत्याग्रह गर्ने चेतावनी दिनु भएको छ ।
बुधबार एक विज्ञप्ति प्रकाशित गरी उहाँले आफूसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गर्नु भएको छ ।
डा केसीले मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारका साथै संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा ६ बुँदे माग सार्वजनिक गर्नुभएको हो ।
केसीद्वारा प्रकाशित विज्ञप्तिमा सशस्त्र द्वन्द्व कालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ता पारिएका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्याउन लगायत माग गरिएको छ ।