चिरायु नेशनल हस्पिटल एंड मेडिकल इन्स्टिच्युटले अत्याधुनिक सेवा सुविधा सहितको डेडिकेटेड युरोलोजी सेन्टर सञ्चालनमा ल्याएको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गर्दै उक्त अस्पतालका मेडिकल डाइरेक्टर एबम् बरिष्ठ युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन प्रोफेसर .डा .उत्तम कुमार शर्मा , काठमाडौं महानगरपालिका वडा नं -०३ को वडा अध्यक्ष प्रेम थापा, र चिरायु नेशनल हस्पिटलका अध्यक्ष हेम वहादुर गुरुङ्गद्वारा पानसमा बत्ती बाली रिबन काटेर युरोलोजी सेन्टरको उद्धघटान गरिएको हो ।
उक्त कार्यक्रममा वरिष्ठ युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण चिकित्सक प्रोफेसर .डा .उत्तम कुमार शर्माले युरोलोजी सेन्टरलाई प्रविधि मैत्री बनाउँदै युरोलोजी सेवालाई थप सहज र सुलभ बनाउने जानकरी दिनु भयो ।
यस्तै कार्यक्रमको प्रमुख अतिथि रहनु भएका काठमाडौ महानगरपालिका वडा नं ०३ को वडा अध्यक्ष प्रेम थापा ज्यूले चिरायु अस्पतालको उन्नती तथा प्रगतिमा खुसी व्यक्त गर्दै महानगरपालिका सदैव चिरायु अस्पताललाई साथ ,सहयोग र हौसला प्रदान गर्ने प्रतिवद्धता गर्नु भयो ।
चिरायू नेशनल हस्पिटलले वडा बासीलाई विशेष सहुलियत रकममा सेवा प्रदान गर्दै आएको कार्यप्रति पनि अस्पताल प्रशासनलाई धन्यबाद ज्ञापन गर्नुभयो | त्यस्तै अस्पतालको अध्यक्ष हेम बहादुर गुरुङ्गले आगामी दिनमा पनि चिरायुमा थप सेवाहरु विस्तार गर्दै लगिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
युरोलोजी सेन्टरको उदघाटनसँगै अस्पतालले एक्सक्लूसिव यूरोलाेजी हेल्थ प्याकेज पनि विशेष छुट सहित सार्वजनिक गरेको छ | महिला तथा पुरुष दुवै वर्गको लागि छुट्टा छुट्टै व्यवस्था गरिएको उक्त प्याकेजमा विभिन्न रगतका टेस्ट, पिसाब जाँच का साथै भिडियो एक्स-रे, र यूरोफ्लोमेट्री पनि समावेश गरिएको छ भने पुरुष यूरो प्याकेजको मूल्य रू ५९५० र महिला यूरो प्याकेजकाे मूल्य रू ४८७५ राखिएको छ ।
डा.उत्तम कुमार शर्मा काे नेतृत्वमा सञ्चालन हुने युरोलोजी सेन्टरमा युरोलोजिस्ट डा. मनिषमान प्रधानकाे पनि संलग्नता रहने छ भने युरोलोजी विभाग अन्तर्गत प्रदान गरिने सबै प्रकारका सेवा तथा सर्जरीहरु उपलब्ध हुने छन् ।