काठमाडौँ । काठमाडौँको तीन जनामा हैजा पुष्टि भएको छ ।
कालिमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएको जनस्वास्थ्य कार्यालय काठमाडौंले जानकारी दिएका छ ।
जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डाक्टर अर्जुनप्रसाद सापकोटाका अनुसार तीनै जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि ललितपुरमा ७ जना र कैलालीमा ३ जनामा हैजा पुष्टि भएको थियो ।