मृगौला मानव शरीरका सर्वाधिक महत्वपूर्ण अङ्ग मध्ये एक हो । मृगौलाले सही ढंगबाट काम गर्न नसक्दा गम्भीर बिरामी हुन वा मृत्यु समेत हुन सक्छ ।
प्रत्येक मृगौलाको अत्यन्त जटिल संरचना र कार्य हुन्छ । तिनका दुईवटा महत्वपूर्ण काम हुन्छन्ः शरीरमा उत्पन्न भएका हानिकारक र विषालु तत्वलाई छानेर पिसाबको माध्यमबाट फाल्ने र पानी, तरल पदार्थ, खनिज तथा सोडियम, पोटासियम जस्ता इलेक्ट्रोलाइट रासायनिक पदार्थको सन्तुलन कायम राख्ने ।
यसका अतिरिक्त मृगौलाले शरीरमा रगत बन्न, हड्डिलाई मजबुत राख्न, रक्तचाप नियन्त्रण गर्न, शरीरमा अम्लोपनको (एसिड) मात्रा सन्तुलित राख्न जस्ता अत्यन्त जरुरी कामहरू पनि गर्छन ।
मृगौलाका कामहरू के हुन्?
१. शरीरबाट हानिकारक रासायनिक पदार्थहरूलाई फाल्ने
२. शरीरमा बढी भएको तरल पदार्थ फाल्ने
३. खनिज र रसायनको सन्तुलन
४. रक्तचापको नियन्त्रण
५. रातो रक्तकोषको उत्पादन
६. स्वस्थ हाड कायम राख्न
७. शरीरमा अम्लपनको मात्रा सन्तुलन
यस बारे बुझ्न वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. अर्चन शम्शेर राणासंग गरेकाे कुराकानीकाे भिडियाे हेर्नुहाेस ।