
धनगढी । धनगढीमा अधिकताम तापक्रम ४४ डिग्री सेल्सीयस नाघेको छ।
आज दिउँसो पौने ३ बजे अधिकतम तापक्रम ४४.१ डिग्री सेल्सीयस र न्यूनतम तापक्रम ३०.२ डिग्री सेल्सीयस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ।
बुधबार यहाँको अधिकतम तापक्रम ४३.३ डिग्री सेल्सीयस पुगेको थियो।
गर्मी अत्यधिक बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ।
केही दिनयता तातो हावा चल्न थालेको छ।