काठमाडौं । किष्ट शिक्षण अस्पतालमा दुईजना बिरामीमा कलेजो प्रत्यारोपण गरिएको छ ।
कलेजो क्यान्सर भई सिरोसिस भएका दुई बिरामीको प्रत्यारोपण पश्चात सुक्ष्म निगरानीमा राखी आईसीयूमा उपचार भइरहको अस्पतालले जनाएको छ ।
यो सँगै किष्टले ७ जनामा कलेजो प्रत्यारोपण गरिसकेको छ ।
अस्पतालसँग सम्पर्क आएको दिनदेखि १० दिनभित्रै कानुनी र चिकित्सकीय प्रक्रिया पूरा गरी कलेज र मृर्गौला प्रत्यारोपण गर्न सकिने अस्पतालले जनाएको छ ।