images
images

भारतीय मिडियाकाे दाबी: शाहरुखले अमेरिकामा मोतियाबिन्दुको उपचार गराए

  • १५ श्रावण २०८१, मंगलवार १६:४३
images

हालै बलिउड कलाकार शाहरुख खानले मुम्बईको एक अस्पतालमा आँखाको उपचार गराएको खबर इन्डस्ट्रीमा छ । तर, यो उपचार अभिनेताले चाहेजस्तो हुन सकेन ।

शाहरुख आँखाको उपचारका लागि जुलाई ३० मा अमेरिका जाने पनि चर्चा थियो । तर, कतिपय रिपोर्टमा यो खबरलाई अफवाह पनि भनिएको छ । यो आँखाको उपचार गराउन शाहरुख जुलाईमा अमेरिका गएको र अहिले उनी पूर्णरुपमा निको भएको बताइएको छ ।

अभिनेताको दुवै आँखामा मोतीबिन्दु !
एक रिपोर्टमा शाहरुख दुवै आँखामा मोतियाबिन्दुको समस्याबाट पीडित रहेको दाबी पनि गरिएको छ । तर, अहिलेसम्म यस विषयमा अभिनेता वा उनको टोलीबाट कुनै पुष्टि भएको छैन ।

रिपोर्टमा यो पनि भनिएको छ कि जुलाई १२ मा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह अघि अभिनेताले मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पताल र अनुसन्धान केन्द्रमा आफ्नो आँखाको उपचार गराएका थिए।

शाहरुख आउँदो अगस्ट ७ र ८ मा स्विजरल्याण्ड जाने चर्चा पनि छ । यद्यपी उनी कामका लागि वा व्यक्तिगत कारणले त्यहाँ जाने हुन् भन्ने टुंगो लागेको छैन ।

एजेन्सी