प्रोस्टेट ग्रन्थी पुरुषमा मात्रै पाइने एक प्रकारको ग्रन्थी हो । यो पुरुष ग्रन्थी बृद्धि हुँदा प्रोस्टेटको समस्या देखा पर्ने गर्दछ ।
प्रोस्टेट ग्रन्थिको वृद्धि एउटा प्रक्रिया हो, जहाँ पौरुष ग्रन्थि विस्तारै बढ्दै जान्छ र मूत्रनलीमा दबाब दिन्छ र मूत्रनली साँघुरो भएपछि पिसाब फेर्न गाह्रो हुन्छ।
सामान्यतः पुरुष ४० वर्ष पुगेपछि यो ग्रन्थि बढ्दै जान्छ र ६० वर्ष उमेरपश्चात् करबि एकतिहाइमा यो समस्या देखापर्छ। विषेश गरेर रातको समयमा बढी पिसाव लाग्ने, चाडो चाडो पिसव फेर्न उठनु पर्ने, पिसाव खुलेर नहुने, निक्कै बेरसम्म आइरहने, धारो सानो आउने, थोपा थोपा आउने, कन्नुपर्ने र तल्लो पेट दुख्ने, भारी महशुस हुने कहिलेकाही ठाउमा पुग्न नभ्याईने, पिसाव गर्दा पोल्ने, रगत देखापर्ने जस्ता समस्या पुरुषहरुमा देखापर्छन् ।
प्रोस्टेट ग्रन्थिको खोलको लचकता सीमित हुने भएकाले यसको वृद्धि हुँदा पिसाब अवरोधका केही लक्षणहरू देखा पर्छन्। फलस्वरूप मूत्र थैलीका मांसपेशी मोटो हुने र मांसपेशीबीच खाल्टो हुन सुरु हुन्छ। यस्ता खाल्टा भएका मूत्र थैली सामान्यभन्दा निकै कमजोर हुन्छन्।
प्रोस्टेट ग्रन्थिको वृद्धिसँगै पिसाबमा अवरोध र मूत्रत्यागमा विभिन्न लक्षण देखापर्ने गर्छ। ५० वर्षमा प्रायः ४० प्रतिशत पुरुष मूत्रत्याग गर्ने सिलसिलामा विभिन्न लक्षणअनुभव गर्ने गर्छन्।
चिकित्सकको सल्लाह अनुसार लाक्षणिक उपचार, प्रतिजैविक औषधीको प्रयोग, अल्फा ब्लकर तथा प्रोस्टेट ग्रन्थिलाई सुकाउने औषधीको प्रयोग निकै प्रभावकारी छ। तृतीय अवस्थामा पुगेका वा औषधीले काम नगरेमा अप्रेसन गर्नुपर्छ।
यस विषयमा हामीले कन्सल्टेन्ट युराेसर्जन तथा किड्नी ट्रासप्लान्ट सर्जन विशेषज्ञ प्राे. डा. पारसमणि श्रेष्ठसंग कुरा गरेका छाै ।
भिडियाे हेर्नुहाेस