
आजकल कपाल झर्ने समस्यालाई नियन्त्रण गर्न बजारमा धेरै केमिकल स्याम्पु उपलब्ध छन्, जसले कसै कसैको कपालको अवस्था झनै बिगारेकाे सुनिन्छ ।
यस्तो अवस्थामा तपाईले हर्बल स्याम्पु प्रयोग गर्नुभयो भने तपाईको झर्ने कपाल नियन्त्रण हुन्छ । त्यसोभए हामी घरमै हर्बल स्याम्पु कसरी बनाउने भनेर जानौं। नीमको पातले प्लेटलेट काउन्ट छिटो बढाउँछ ।
नीमको १० देखि १५ पातहरू धोएर पानीमा उमाल्नु पर्छ। त्यसपछि मिक्सरमा पीस्नुहोस्। त्यसमा २ देखि ३ चम्चा एलोभेरा जेल हालेर मिश्रण गर्नुहोस् । साथै त्यसमा पानी हालेर पातलो पार्नुहोस्। अब यसमा कुनै पनि माइल्ड हर्बल स्याम्पु मिसाएर कपालमा लगाउनुहोस्। यसलाई १० देखि १५ मिनेटसम्म छोडेर कपाल धुनुहोस्।
हर्बल स्याम्पुको फाइदा
१- यस स्याम्पुले कपाल धुँदा कपाल लट्टा पर्दैन । यसले टाउकोमा रक्तसञ्चार बढाउँछ, सुख्खापन हटाउँछ र डन्डीफोरको पनि समस्या कम गर्छ ।
२- यो स्याम्पुले कपाललाई पूर्ण पोषण दिनुका साथै कपाल फुल्ने समस्या हटाउँछ । हर्बल स्याम्पुले रासायनिक स्याम्पुको नकारात्मक प्रभावबाट जोगाउने काम गर्छ। यसले तपाईंको कपालको वृद्धिलाई सुधार गर्छ।
३- हप्तामा २ देखि ३ पटक हर्बल स्याम्पु प्रयोग गर्नाले कपालको लट्टापन हट्छ । यसले सुख्खा निर्जीव कपालको गहिरो कन्डिसन प्रदान गर्दछ।
यो सामग्री, सल्लाह सहित, सामान्य जानकारी मात्र प्रदान गर्दछ। यो कुनै पनि हिसाबले योग्य चिकित्सा रायको विकल्प होइन। थप जानकारीको लागि सधैं एक विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस्।