images
images

के हो नाकको एलर्जी?, कसरी बच्ने?

  • १७ माघ २०८०, बुधबार ०८:३०
images

संसारमा मानिसहरु धेरै किसिमका रोगहरुबाट ग्रसित छन् । यी सबै रोगहरू मध्ये, ठूलो संख्यामा मानिसहरू सामान्यतया एलर्जी जस्ता समस्याबाट ग्रस्त हुन्छन्। सामान्यतया मानिसलाई छाला, श्वासप्रश्वास प्रणाली, आँखा र नाकको एलर्जीको समस्या देखिने गरेको देखिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका २६ प्रतिशत मानिस यस्ता विभिन्न एलर्जीबाट गुज्रिरहेका छन् । यी २६% मध्ये, ५0% मानिसहरू नाक एलर्जीको समस्याबाट गुज्रिरहेका छन्। एलर्जी राइनाइटिस र एलर्जी दम दुवै श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित एलर्जी हुन्।

विश्व स्वास्थ्य सङ्गठनले दिएको तथ्याङ्कअनुसार विश्वमा ४० करोड मानिस एलर्जी राइनाइटिस र ३० करोड मानिस दम रोगबाट पीडित छन् । विश्व स्वास्थ्य सङ्गठनले दिएको जानकारीका आधारमा सन् २०२५ सम्ममा विश्वभर ४० करोड मानिस दम जस्ता गम्भीर रोगबाट ग्रसित हुनेछन् ।

तर हामी तपाईलाई नाकको एलर्जीसँग सम्बन्धित गम्भीर रोग र यससँग सम्बन्धित उपचार र उपायहरूबारे बताउन गइरहेका छौं। यस सम्वन्धी ब्लुक्रस अस्पतालमा कार्यरत  नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. श्रृति मानन्धर संगकाे कुराकानिमा आधारित भिडियाे हेर्नुहाेस ।