images
images

राति कम सुत्नु स्वास्थ्यका लागि खतरा, शरीरमा हुन थाल्छ १० परिवर्तन !

  • १८ चैत्र २०८०, आईतवार १२:१७
images

राम्रो स्वास्थ्यको लागि शारीरिक रूपमा सक्रिय हुनुभन्दा राती राम्रो निद्रा लिनु महत्त्वपूर्ण छ। हो, यसको अभावमा तपाईको मानसिक स्वास्थ्य चाँडै प्रभावित हुन्छ र तपाईलाई धेरै प्रकारका शारीरिक समस्याहरू पनि हुन सक्छ।

राति कम सुत्नु स्वास्थ्यका लागि खतरा, शरीरमा हुन थाल्छ १० परिवर्तन

अनुसन्धानले पत्ता लगाएको छ कि यदि तपाई राति अबेरसम्म जागा रहनु भयो वा पर्याप्त निन्द्रा पाउनु भएन भने तपाईलाई स्वास्थ्य सम्बन्धी धेरै समस्या हुन सक्छ। यसका लागि राती ७ देखि ९ घण्टा सुत्नु जरुरी छ ।

हेल्थ लाइनका अनुसार कम सुत्दा मस्तिष्कलाई नयाँ जानकारी सङ्कलन र भण्डारणमा समस्या हुन थाल्छ । यसरी तपाईलाई छोटो अवधि र दीर्घकालीन मेमोरी भण्डारण गर्न कठिनाइ हुन्छ र तपाईले चीजहरू बारम्बार बिर्सन थाल्नुहुन्छ।

जब तपाईं पर्याप्त निद्रा पाउँनु हुन्न, यसले तपाईंको मुडलाई पनि धेरै असर गर्छ। जसका कारण तपाई हरेक बिषयमा मुडि, भावुक बन्नुहुन्छ, तपाई हरेक बिषयमा रिसाउनुहुन्छ वा सजिलै रिसाउनुहुन्छ ।

यस बाहेक, यदि तपाई धेरै दिनसम्म कम सुत्दै हुनुहुन्छ भने, बिस्तारै तपाईको रोग प्रतिरोधात्मक क्षमता कम हुन थाल्छ, र तपाईको प्रतिरक्षा प्रणालीले कीटाणु र भाइरसबाट बचाउन सक्षम हुँदैन। जसका कारण बारम्बार रुघाखोकी र फ्लुको सिकार हुन थाल्छ ।

यति मात्र होइन, कम सुत्ने बानीले तपाईंलाई मधुमेह रोगी पनि बनाउन सक्छ। वास्तवमा, कम निद्राका कारण शरीरले कम इन्सुलिन निस्कन थाल्छ र रगतमा चिनीको मात्रा बढ्न थाल्छ। जसका कारण टाइप २ मधुमेहको जोखिम बढ्छ ।

कम सुत्ने हो भने मस्तिष्कको कार्यशैलीमा परिवर्तन आउन थाल्छ र कुनै पनि समस्या समाधान गर्न कठिनाइ हुन्छ । यति मात्र होइन, तपाई अब कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न र कुनै पनि प्रकारको समस्या समाधान गर्न सक्षम हुनुहुन्न।

यदि तपाई ५ घण्टाभन्दा कम सुत्दै हुनुहुन्छ भने यसको कारणले तपाईको रक्तचाप प्रभावित हुन सक्छ । जसका कारण सानै उमेरमा उच्च रक्तचापको बिरामी बन्न सक्छ र मुटु रोगको जोखिम बढ्छ ।

निद्राको कमीले तपाईंको मस्तिष्कको धेरै कार्यहरूलाई असर गर्छ र मोटोपनाको समस्या पनि बढाउन सक्छ। कम निद्राका कारण मस्तिष्कले पेट भरिएको संकेत दिन सक्दैन, जसका कारण तपाई बारम्बार खाना खाइरहनु हुन्छ र तपाईको तौल द्रुत गतिमा बढ्न थाल्छ ।

निद्रा नपुग्दा शरिरको सन्तुलनमा समस्या आउन थाल्छ, जसका कारण हिड्दा हिँड्दा लड्न सक्छ वा सन्तुलित हुन नसक्दा ठूलो दुर्घटनाको शिकार बन्न सक्छ । जसका कारण दिउँसो सवारी दुर्घटनाको जोखिम पनि बढेको छ ।