काठमाडौं । वीर अस्पतालमा तत्काल स्वास्थ्य जनशक्ति थप गरी पूर्ण रूपमा सेवा सञ्चालन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. तोसिमा कार्कीले माग गरेकी छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा उनले आईसीयू र शल्यक्रिया बेड नपाएर सयौँ बिरामी फर्किनुपरेको भन्दै यसको मुख्य कारण जनशक्ति अभाव रहेको बताइन् ।
वीर अस्पतालका निम्ति स्वीकृत ८३१ जनशक्ति तत्काल थप गर्न समेत उनले माग गरिन् ।