काठमाडौँ । निजामती कर्मचारी अस्पतालले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।
अस्पतालले आज एक सूचना जारी गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असार ६ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
लिखित परीक्षा मिति लोक सेवा आयोगबाट विस्तृत परीक्षा कार्यक्रम तय भए पश्चात् प्रकाशन गरिने अस्पतालले जनाएकाे छ ।
र अन्तर्वार्ताको कार्यक्रम र मिति लिखित परीक्षाको नतिजा प्रकाशन भए पश्चात् सूचना गरिने अस्पतालले जानकारी दिएको छ ।