images
images

प्रादेशिक रक्त सञ्चार केन्द्र पोखरामा रगत अभाव, रक्तदान गर्न आह्वान

  • १४ कार्तिक २०८०, मंगलवार ०९:४५
images

कास्की । प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले रगत अभाव भएको जनाएको छ ।

दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले जनाएको छ ।

रक्त सञ्चार केन्द्रमा रगत अभाव हुन थालेपछि अस्पतालहरूमा उपचाररत बिरामीलाई तत्काल रगत अभाव हुन नदिन सोमबार आकस्मिक रक्तदान कार्यक्रम आयोजनासमेत गरिएको छ ।

रक्त सञ्चार केन्द्रले अहिले रगत छैन भनेपछि सबैबाट सहयोग प्राप्त भएको जनाएको छ ।

प्रदेशको राजधानीसमेत रहेकाले पोखरामा दैनिक ७० देखि ७५ युनिट रगत आवश्यक पर्ने केन्द्रले जनाएको छ ।