
आफ से आफ निस्कने एक प्रकारको आवाज, जो सुतेर निधाएको बेलामा स्वास लिँदा निस्कछ, त्यसलाई घुर्नु ( स्नोरिङ ) भनिन्छ ।
सामान्यतया निधाएको बेलामा घुर्र्नु कुनै रोगको परिभाषा भित्र पर्दैन ।किनकी यस्तो बेलामा घुर्ने मान्छेलाई न अप्ठेरो महसुस हुन्छ , न दुखाई महसुस हुन्छ , न खान नरुच्ने नै हुन्छ । उसले आफूबाट त्यसरी आवाज आएको छ भन्ने समेत पत्तो नै पाउदैन । यसले संगै सुत्ने वा नजिकै सुत्ने अर्को व्यक्तिलाई असर मात्रै पार्ने काम गर्छ ।
कस्ता व्यक्ति बढी घुर्छन ?
–नाकमा समस्या भएका व्यक्तिहरु ।
–तालुको समस्या भएका व्यक्तिहरु ।
–लिगलिगे ( मुखको भित्रि भागमा झुण्डीएको सानो मासुको भाग) मा समस्या भएका व्यक्तिहरु ।
अन्य कारणहरु :
–नाक भित्रको मासु सुन्निएको छ भने ।
–नाकको डाडी टेढो छ र स्वास फेर्न बाधा पुगेको छ भने ।
–नाकमा मासु पलाएको ( पालिक ) छ भने ।
–तालु( प्यालेट ) सुन्निएको छ भने ।
–लिगलिगे मोटो भएमा ।
–मुखे घाटीको भाग साघुरियो भने ।
–नाकेघाटीको भाग साघुरियो भने ।
यस सम्वन्धी ब्लुक्रस अस्पतालमा कार्यरत नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. श्रृति मानन्धर संगकाे कुराकानिमा आधारित भिडियाे हेर्नुहाेस ।